२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

पाठ पढाउन कुकुरलाई पटक–पटक बलात्कार, बलात्कारपछि हत्या

१ पुस, भारत । भारतको गजियाबादस्थित दुर्इ युवकले एक कुकुरलाई पाढ पढाउने भन्दै पटक–पटक बलात्कारपछि हत्या गरेका छन् ।स्रोतका अनुसार गजियाबादका दुई पुरुषले कुकुरलाई बलात्कार गरेपछि स्कूटर पछाडि बाँधेर नमरुञ्जेल घिसारिरहे । गजियाबाद पुलिसले एक आरोपीलाई शनिबार पक्राउ गरेको छ ।

सामाजिक कार्यकर्ता रुचिन मेहराका अनुसार मानिसहरुले दुई युवकले कुकुर घिसारिरहेको देखेपछि उनीहरुलाई दुबैलाई पक्राउ गर्न खोजेपछि एकजना भाग्न सफल भएका छन् ।

उनका अनुसार कुकुरको धेरैजसो छाला फुटिसकेका थिए । उनले भने, ‘हामीले कुकुर र आरोपीलाई पुलिस स्टेशन पुर्यायौं । मुद्दा दर्ता गरेपछि अपराधीलाई पक्राउ गरियो ।’

बरिष्ठ पुलिस अधिकारीले भने, ‘एक आरोपीको पहिचान मोहम्मद नफिसको रुपमा भएको छ, जो शहिद नगर निवासी हुन् । आरोपीले आफ्नो अपराध कबूल गरेका छन् । उनले आफ्नो सहयोगीको नाम मोहम्मद तोसिम बताएका छन् जो त्यसै इलाकाका निवासी हुन् । कुकुरलाई मार्नुअघि यी दुई आरोपीले कुकुरमाथि पटकपटक बलात्कार गरे ।’

सोधपुछको क्रममा आरोपीले कुकुरले इलाकामा थुप्रै मानिसहरुलाई टोकेकाले त्यसलाई इलाकाबाट बाहिर निकाल्न र पाठ पढाउनलाई स्कूटरमा घिसारेको पुलिसलाई जानकारी दिए ।

द पायनियरका अनुसार इन्सपेक्टर साहिबाबाद पुलिस स्टेशन रण सिंहले भने, ‘हामीले आरोपीलाई पक्राउ गरेका छौं र उसका आरोपी साथीलाई पक्राउ गर्ने प्रयास गरिरहेका छौं ।’

प्रकाशित मिति : 15:26