८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ काराेबार?

७ भदाै, काठमाडाैँ ।  साताको अन्तिम काराेबारकाे दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य ताेलामा ५ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि १५ रूपैयाँले घटेर प्रतितोला १८ सय १५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : August 23, 2024 at 11:18 am