३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

७ भदौ, काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । साउन २३ गतेदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठक साउन २८ गतेबाट स्थगित भएको थियो। उक्त बैठक शुक्रबार पुन: बिहान ११ बजेका लागि बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

महासमितिले पारित गरेका एजेन्डालगायत ११ विषयमाथि साउन २३  गतेदेखि केन्द्रीय समितिमा छलफल भइरहेको थियो। साे विषयमा केही केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् भने बाँकी भएकाहरूले आजदेखि राख्ने भएका छन् ।

प्रकाशित मिति : 10:28