नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको शेयर मूल्य समायोजन
१ पुस, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्जमा आज तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार विजय लघुवित्त, किसान माइक्रोफाइनान्स र नेपाल ल्युब आयलको शेयर मूल्य समायोजन गरिएको हो । विजय लघुवित्तको प्रतिकित्ता रु ६३१ कामय हुने गरी मूल्य समायोजन गरिएको हो । सो लघुवित्तको आधार मूल्य प्रतिकित्ता रु ६९२ रहेको छ ।
किसान माइक्रोफाइनान्सको प्रतिकित्ता रु ९६३ रहने गरी शेयरमूल्य समायोजन भएको छ । सो कम्पनीको औसत आधारमूल्य रु एक हजार २४१ रहेको छ । त्यस्तै नेपाल ल्युब आयलको पनि प्रतिकित्ता रु १९३ हुने गरी मूल्य समायोजन गरिएको छ । कम्पनीको औसत आधारमूल्य रु १७३ कायम भएको स्टकले जनाएको छ ।
प्रकाशित मिति : 13:30









