नुवाकोट दुर्घटनाः विपिमा राखिएका घाइते र कुरूवाको खाना र खाजा खर्च सांसद पाण्डेले दिने
१ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं नुवाकोट क्षेत्र नम्बर २ प्रदेश क का सांसद केशवराज पाण्डेले नुवाकोटको घ्याङफेदीमा मिनिट्रक दुर्घटनामा घाइते भएका बिरामी र तीनको कुरूवाको खाना र खाजाको खर्च व्यहोर्ने भएका छन ।
शनिबार बसुन्धारामा रहेको विपि स्मृति अस्पतालमा उपचार गराइरहेका बिरामी र तीनको अाफन्तलार्इ भेटेर सांसद पाण्डेले खाना र खाजाको खर्च अाफूले व्यहोर्ने प्रवन्ध मिलाएको अनेरास्ववियु नुवाकोटका अध्यक्ष विष्णु दाहालले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका बिरामीलार्इ अस्पतालले नै खानाको व्यवस्था गरेको तर विपि स्मृतिमा उपचार गराइरहेकाहरूले उक्त सुविधा नपाएकाले सांसद पाण्डेले व्यवस्था गरेको अध्यक्ष दाहालले बताए । घाइते र उनीहरूको अाफन्तसँग कुरा गरेर क्यान्टिनमा अाफैँले कुरागरेर सबै खर्च अाफूले व्यहोर्नेगरी पाण्डेले व्यवस्था गरेका हुन । उनले दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

यसैबीच हिजै नेकपाका नेता एवं नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ प्रदेश ख का सांसद बद्री मैनालीले पनि घाइतेहरूसँग भेटी स्वास्थ्यलाभको कामना गरे ।

प्रकाशित मिति : 09:56









