२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

कञ्चनपुरमा चाउमिन खुवाएर दुर्इ बालकको हत्या

१ पुस, कञ्चनपुर । कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा ज्यान गएकाे छ । चाउमिन खाएर ज्यान जानेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनार रहेका छन् । दुवै जना सदोहर दाजुभाइ हुन् ।

शनिबार बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै ठूली आमा सीतादेवी सुनारले पकाएर दिएको चाउमिन बाटोमा खाँदा दुवै जना विरामी परेका थिए । दुवै जनाले बान्ता गर्न थालेपछि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियाे । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल लगियाे ।

फाइल फोटो ।

त्यहाँ पनि उपचार सम्भव नभएपछि बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचारार्थ लैजाने क्रममा शनिबार बिहान बाटोमै दुवै जनाकाे ज्यान गएकाे परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयाे ।

ती दुवै बालकका बुबाको यसअघि नै निधन भइसकेको छ । ठूलाे बुबा र आमाको आश्रयमा दुवै बालक बस्दै आएका थिए । मृत्यु भएका बालककी आमा हुनुहुन्छ । दुवै बालकको ज्यान गएपछि स्थानीय बासिन्दाले चाउमिनमा विषादी मिसाएर ठूलाेबुबा र आमाले हत्या गरेकाे आरोप लगाएका छन् । स्थानीयकाे अाराेपपछि इलाका प्रहरी कार्यालय झलारीले ठूलाेबुबा लक्षी सुनार र ठूलीआमा सीता सुनारलाई पक्राउ गरेको छ ।

दुवै जनालाई हिरासतमा राखेर अनुसन्धानको कार्य भइरहेको प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो । चाउमिनमा विषादी हालेर वा अन्य कारणले मृत्यु भएको भन्नेबारे अहिले खुल्न सकेको छैन । रासस

प्रकाशित मिति : 07:47