१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

सुनको भाउ सामान्य घट्दा बढ्यो चाँदी

३ भदाै, काठमाडाैँ । साताकाे तेस्राे बाराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मुल्य ताेलामा १ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने  १० रूपैयाँले बढेर प्रतितोला १८ सय २० रूपैयाँमा काराेबार भइरहेकाे महासघले जनाएकाे छ ।

प्रकाशित मिति : August 20, 2024 at 11:24 am