१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनजाने खेलाडीको विदाइ

४ भाद्र, काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खालाडिलाई बिदाई गर्नुभएको छ ।

उहाँहरूलाई मंगलबार ९आज० अध्यक्षले प्रचण्डले खुमलटारमा आयोजित एक कार्यक्रममा बिदाई गर्नु भएको हो ।

अगस्ट २४ र २५ तारिखका दिन जापान टोकियोमा हुने नवौं वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा नेपालको तर्फबाट खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाईबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुने छ।

खेलाडीलाई बिदाइ गर्दै अध्यक्ष प्रचण्डले मेडल ल्याउन नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै सफलताको शुभकामना व्यक्त गर्नुभयो। बिदाई कार्यक्रममा नेपाल वादोरियो कराते डो संघका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासंघका उपाध्यक्ष श्याम शेर्पा र सचिव वि।आर लगायत सहभागी हुनुहुन्थ्यो

प्रकाशित मिति : August 20, 2024 at 11:18 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/