५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अमेरिकाको फ्लोरिडामा बन्दुकधारीको आक्रमणमा १७ जनाको मृत्यु


३ फागुन, काठमडौँ । अमेरिकाको फ्लोरिडा राज्यको एक विद्यालयमा बन्दुकधारीको आक्रमणमा परि १७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार फ्लोरिडाको पार्कल्याण्डमा भएको बन्दुकधारीको आक्रमणमा १७ जना मारिएका हुन । प्रहरीले गोली चलाएको आशंकामा त्यसै विद्यालयका १९ वर्षीय निकलस क्रुजलाई नियन्त्रणमा लिएको छ ।

उनी त्यस विद्यालयबाट निष्कासन गरिएका पूर्व–विद्यार्थी भएको पनि प्रहरीले जनाएको छ । क्रुजले राइफल लिएको र विद्यालय बाहिर ३ जनालाई गोली प्रहार गरी विद्यालयभित्र पसेर अरु १२ जनालाई गोली हानेको अन्तर्राष्ट्रिय सञ्चार मध्यमले जनाएका छन । घटना भएको उक्त विद्यालय प्रहरीले नियन्त्रण लिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ट ट्रम्पले ट्वीट गर्दै मृतकका परिवाप्रति समबेदना प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार ०७:४९