२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नेपालकाे ‘पहिलो महिला प्रधानमन्त्री बन्ने सपना छः शृङ्खला खतिवडा

२९ मंसिर, काठमाडौं । मिस वल्र्ड प्रतियोगी शृङ्खला खतिवडाले नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सपना भएकाे बताएकी छन् ।  चीनमा हालै सम्पन्न मिस वल्र्डमा सहभागी भएर काठमाडाैं आएपछि शुक्रबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै शृङ्खलाले आफुलाई पहिल्यैदेखि नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने चाहाना रहेको बताएकी हुन् ।

 

उनले नेपाल हरेक क्षेत्रमा सक्षम हुँदाहुँदै पनि आर्थिक रुपमा सक्षम हुन नसक्दा आफु पछि परेको भन्दै त्यसका लागि मुलुकको आर्थिक अवस्था राम्रो बनाउन जरुरी रहेको अनुभव बताएकी छन् ।

मिस वल्र्डको ताज पहिरिन नपाएपनि समाजमा आफुलाई केही गर्ने चाहानाअनुसार समाजसेवाका केही काम गर्न थालिसकेको भन्दै उनले मिस वल्र्डमा सहभागी भएपछि आफुले धेरै कुरा सिक्ने मौका पाएको बताइन् ।

चीनको सान्या शहरमा भएको प्रतियोगितामा विश्वका १२१ सुन्दरीहरुले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये उनी १२ औं नम्बरमा परेकी थिइन् । त्यसमध्ये उनले दुई अवार्ड समेत जितेकी थिइन । खतिवडाले मल्टिमिडियाको साथै ब्युटी विथ पर्पोजको अवार्ड पनि हात पारेकी छिन् ।

प्रकाशित मिति : 12:51