१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउन बनेको हो : नारायणकाजी श्रेष्ठ

१ भदाै, काठमाडौँ । आज पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन र ठाउँ बनाउन बनेको आरोप लगाउनुभएकाे छ ।

वाहाँले इतिहासले सुम्पिएको जिम्मेवारी  भनेको पार्टीलाई एकतावद्ध, सुदृढ गर्ने रहेको बताउनुभयाे । पार्टीको नेतृत्वलाई बलियो बनाएर, नेतृत्वको वरिपरी गोलबन्दी हुनुपर्ने तथा  पार्टीको वैचारिक कार्यदिशा एकरुप समझदारीका साथ ग्रहण गर्ने विचारलाई अझ विकास गर्ने दिशामा जान आवश्यक रहेको समेत बताउनुभयाे ।

पार्टीलाई एकतावद्ध, क्रान्तिकारी र शक्तिशाली बनाउन वैचारिक, सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको पनि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयाे ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार १२:१४