२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

सेल्फी खिच्ने क्रममा पाेखराकाे फेवातालमा खसेका काठमाडौँका रोजन श्रेष्ठको शव भेटियाे

२९ मंसिर, पाेखरा । पोखराको फेवातालमा प्याडल बोर्डबाट खसेर बेपत्ता एक युवाको शव आज बिहान फेला परेको छ । मङ्सिर २४ गते सोमबार दिउँसो सेल्फी खिच्ने क्रममा फेवातालमा डुबेर बेपत्ता भएका काठमाडौँ ताहाचलका १९ वर्षीय रोजन श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान तालमा तैरिएको अवस्थामा उनको शव भेटिएको हो । शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । पोखरा घुम्न आएका श्रेष्ठ तालमा बेपत्ता भएपछि तीनवटै सुरक्षा निकायका टोली खोजीमा खटिएका थिए ।

प्रकाशित मिति : 11:45