२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नुवाकोट घ्याङफेदी दुर्घटनामा मृत्यु भएका १९ र घाइते १४ को सनाखत (नामसहित)

२९ मंसिर, काठमाडाैँ । नुवाकोटको घ्याङफेदीमा शुक्रबार मिनिट्रक दुर्घटना हुँदा ज्यान गुमाउने २० मध्ये १९ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयल दुर्घटनामा मृत्यु भएका १९ जना र घाइते १४ जनाको बिबरण केहीबेर अघि सार्वजनिक गरेको छ । घाइतेहरूकाे काठमाडाैँको त्रिवि शिक्षण अस्पताल, विपि स्मृति अस्पताल र अन्तर्राष्ट्रियमैत्री बाल अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

सदरमुकाम विदुरदेखि ५० किलोमिटर दूरीमा रहेको दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट शुक्रबार साँझ घ्याङफेदीको सिसिपुतर्फ जाँदै गरेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना  भएको थियो । कच्ची र साँघुरो सडक भएका कारण घुमाउरो मोडमा टायर सडकबाट बाहिर गई दुर्घटना भएको अनुमान गरिएको छ । मिनी ट्रक खोलामा पुगी क्षतिग्रस्त भएको छ ।

हेर्नुहोस मृतक र घाइतेको बिबरण । 

प्रकाशित मिति : 11:33