२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नुवाकाेटकाे घ्याङफेदी दुर्घटनाः मृतकहरूकाे पाेष्टमार्टम घटनास्थलमै हुने

२९ मंसिर, नुवाकाेट । नुवाकाेटकाे घ्याङफेदी दुर्घटनामा मृत्यु भएकाहरूकाे पाेष्टमार्टम घटनास्थलमै हुने भएकाे छ । नुवाकाेटका प्रमुख जिल्ला अधिकारी उद्ववबहादुर थापाले शव पाेष्टमार्टमका लागि डाक्टर नै घटनास्थलमा पठाउने बताएका छन् ।

नुवाकोटको घ्याङफेदीमा शुक्रबार मिनिट्रक दुर्घटना हुँदा ज्यान गुमाउको संख्या २० पुगेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको काठमाडाैँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र बसुन्धाराको वीपी स्मृति अस्पतालमा उपचार भैरहेको छ । उपचार भैरहेका मध्ये पनि सात जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीको सिम्टाङबाट वडा नं. १ घ्याङफेदीको सिसिपु जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुप्चेश्वर–१ घ्याङडाडामा दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अस्पताल ल्याउँदैगर्दा बाटोमा मृत्यु भएको हो भने एक जनाको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले दैनिकीलार्इ जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा परी हराइरहेका १० भन्दा बढीको अवस्था अझै अज्ञात रहेको छ । दुर्घटनामा परेका घाइतेले दिएको जानकारी अनुसार मिनिट्रकमा ४५ जनाभन्दा बढी चढेका थिए । जसमध्ये ३६ जनामात्र भेटिएका छन । बाँकीको खोजी जारी रहेकोछ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले उद्धार र खोजीमा सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले दैनिकीलार्इ जानकारी दिए ।

प्रकाशित मिति : 10:38