२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

गोरु काटेको आरोपमा इनरुवाबाट दश जना पक्राउ

२९ मंसिर, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकाबाट गोरु काटेको आरोपमा १० जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान–११ का अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ–३ का बहिस मियाँ, रिजमान मियाँ, शाहदत्र मनसुरी, आशिक मनसुरी र महमुदी मनसुरी रहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले चार गोरु काट्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको फुयालले बताउनुभयो ।

प्रकाशित मिति : 08:56