नुवाकोट दुर्घटनामा मृत्यु हुने २० मध्ये शिखरवेसीका रितेश पण्डितसहित तीन जनाको सनाखत
२९ मंसिर, नुवाकोट । नुवाकोटको घ्याङफेदीमा शुक्रबार मिनिट्रक दुर्घटना हुँदा ज्यान गुमाउने २० मध्ये तीन जनाको सनाखत भएको छ ।मुत्यु हुनेमा शिखरवेसीका १६ वर्षीय रितेश पण्डित, घ्याङफेदीका ३६ वर्षीय रिबल तामाङ र ३७ वर्षीय आइत तामाङको नाम खुलेको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले दैनिकीलार्इ जानकारी दिए ।

घाइतेहरुको उद्धार गरी अस्पताल लगिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । शुक्रबार दिउँसो साढे चार बजे दुर्घटना भएको भए पनि उद्धारमा कठिनाई भएकोले घाइतेहरुलाई अस्पताल पठाउन ढिलाई भएको छ । घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको छ ।
दुर्घटनास्थल अन्त्यन्त अफ्ठ्यारो भीरमा भएको र हराइरहेकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मिनिट्रकका ४५ जनाभन्दा बढी सवार रहेको बताइएको छ ।

प्रकाशित मिति : 08:31









