नुवाकोट दुर्घटनाः १२ घण्टापछि हेलिकप्टर लिएर उद्धारमा निस्किए सांसद हितबहादुर तामाङ
२९ मंसिर, काठमाडाैँ । नुवाकोटको घ्याङफेदीमा शुक्रबार मिनिट्रक दुर्घटना हुँदा ज्यान गुमाउको संख्या २० पुगेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरूको त्रिवि शिक्षण अस्पताल र वीपी स्मृति अस्पतालमा उपचार भैरहेको छ ।
दुर्घटना भएको १२ घण्टा हुँदा पनि उद्धार कार्य नसकिएपछि नुवाकोट क्षेत्र नम्बर १ का सांसद हितबहादुर तामाङ नेपाली सेनाको हेलिकप्टर लिएर उद्धारका निम्ति घटनास्थल गएका छन ।

प्रदेश तीनकी उपसभामुख समेत रहेकी सोही क्षेत्रकी प्रदेश सांसद राधिका तामाङका अनुसार मिनीट्रक दुर्घटनामा परि हराईरहेकाहरुको थप खोजीकार्य र उद्धारका लागि हितबहादुर तामाङ घटनास्थल दुप्चेश्वर, घ्याङडाँडा हिडेँका हुन । उनले उद्धार र खोजीकार्यमा सहयोगका लागि पुनः सबैलाई आग्रह गरेकी छिन । ।
प्रकाशित मिति : 08:04









