२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

दि भ्वाइस अफ नेपालको उपाधि सिडी विजय अधिकारीलार्इ, नगद २५ लाखसहित कार उपाहार

२९ मंसिर, काठमाडाैँ । ‘दि भ्वाइस अफ नेपाल’ को उपाधि सिडी विजय अधिकारीले हात पारेका छन् । अधिकारीको कोच वरिष्ठ गायक दीप श्रेष्ठ रहेका थिए ।

कतारको दोहास्थित एमपी थिएटरमा शुक्रबार मध्यराति भएको ग्राण्ड फिनालेमा अधिकारीले उपाधि हात पारेका हुन । नेपालको पहिलो ‘दि भ्वाइस अफ नेपाल’ बिजेता भएर अधिकारीले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथमा रेनोको एउटा कार प्राप्त गरेका छन् । त्यसैगरि २० लाख रुपैयाँ बराबरको एल्बम सम्झौता र विश्व भ्रमण गर्न पाउनेछन् ।

सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को बिजेता हास्य कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे’ ले घोषणा गरेका थिए ।

 

प्रकाशित मिति : 00:14