८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ काराेबार?

२९ साउन, काठमाडाैँ । साताकाे तेस्राे बाराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य ताेलामा २१ सय रूपैयाँले बढर छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदी पनि मंगलबार ताेलामा २५ रूपैयाँले बढेर प्रतितोला एक हजार सात सय ४० रूपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : August 13, 2024 at 11:32 am