२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

चलचित्र ‘खुस्मा’ को टिजर सार्वजनिक

२७ साउन, काठमाडौँ । नेपाली चलचित्र ‘खुस्मा’ को टिजर सार्वजनिक भएको छ। यो चलचित्रको टिजर युट्युबमा सार्वजनिक गरिएको हो, जसले दर्शकलाई चलचित्रको कथा र भावनात्मक पक्षको झलक दिएको छ। अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको ‘खुस्मा’ टिजरले मगर समुदायको पृष्ठभूमिमा आधारित प्रेमकथा पेस गरेको छ।

टिजरमा प्रमुख कलाकार धिरज मगर र उपासना सिंह ठकुरीको रोमान्टिक र चुनौतीपूर्ण सम्बन्धको चित्रण गरिएको छ। टिजरले चलचित्रलाई प्रतीक्षायोग्य बनाएको छ। यस चलचित्रमा धिरज र उपासना बाहेक माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ।

‘खुस्मा’ असोज ३ गते प्रदर्शनमा आउनेछ । यसको निर्माता विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर तथा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्। रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन रहेको यसमा दिपक बज्राचार्यको छायाङ्कन रहेको छ।

टिजरः

प्रकाशित मिति : August 11, 2024 at 12:50 pm