९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा इन्चार्जको स्वागत र विदाइ

२५ साउन, काठमाडाैँ । नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा पार्टीका इन्चार्जको स्वागत र विदाइसँगै भएको छ । शुक्रबार काठमाडाैँमा भएको कार्यक्रममा इन्चार्जको स्वागत र विदाइ गरिएको हो ।

गत साउन १७ गते बसेको एमालेको ३४ औँ सचिवालय बैठकले विभिन्न जिल्ला र प्रदेशमा नेताहरूको जिम्मेवारी हेरफेर गरेको थियो । शुक्रबारको बैठकमा एमाले केन्द्रिय सदस्य रमेश पौडेललाई इन्चार्जको रूपमा स्वागत गरिएको र केन्द्रीय सदस्य सीता लामालाई विदाइ गरिएको हो ।

लामा मजदुर विशेष जिल्ला कमिटीमाको जिम्मेवारीमा पुग्नुभएको छ । राष्ट्रिय युवासंघ र खेलकुद महासंघका पूर्व अध्यक्ष समेत रहेका केन्द्रिय सदस्य पौडेल विधि, थिति र गतिमा कमिटीलाई लैजान आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

कार्यक्रम एमाले पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेशका इन्चार्ज, उपत्यका विशेष प्रदेश अध्यक्ष प्रेम पराजुली, उपसचिव उर्मिला सुनुवार, सदस्यहरु वाङ्छु योञ्जन, सुनिता भण्डारी, रमेश भट्टराई, कल्पना वाईवा लगायत उपस्थित हुनुभएको थियो ।

प्रकाशित मिति : August 9, 2024 at 8:11 pm