विवाहित महिलालाई ब्ल्याकमेलिङ गर्दै यौन प्रस्ताव राख्दा एक युवककाे ज्यान गयाे
२८ मंसिर, महोत्तरी । विवाहित महिलालाई प्रेमीसँग भेटेपछि ब्ल्याकमेलिङ गर्ने क्रममा एक जनाको ज्यानै गएको छ । गत बुधबार महोत्तरीको औरही–२, फुलबरियामा ४० वर्षीय बचु महतोको हत्या भएको हो । विवाहित महिलाकाे स्थानीय सुशील सहनीसँग प्रेम सम्बन्ध थियो ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीले घटनामा संलग्न भएको अरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २२ वर्षीया जितनीदेवी महतो, २४ वर्षीय सुशील सहनी र २२ वर्षीय अनिलकुमार ठाकुर छन् । उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
महोत्तरीको औरही–२ की जितनीदेवी महतो विवाह पछि पनि प्रेममा भएका कारण उनकाे प्रेमी र उनी सँगै बसेको बेला गत सोमबार स्थानीय बचु महतोले देखे । प्रेमीसंग बसेकाे देखेपछि बचुले जितनीसँग यौनसम्पर्कको प्रस्ताव राख्न थाल्छन् । त्यो कुरा उनले प्रेमी सुशीललाई सुनाउँछिन् ।
रिसले चुर भएका सुशील बचुको हत्या गर्ने योजना बनाएर अनिल ठाकुरलाई समेत प्रयोग गरी २५ मंसिरमा बचु उखुबारीमा गएका बला उनीहरुले घाँटी थिचेर हत्या गर्छन् । प्रहरीले अनुसन्धानका क्रममा जितनीदेवीलार्इ घरबाट, सुशील भारततिर भाग्दै गर्दा महोत्तरीको मटिहानीबाट र ठाकुर भने सिन्धुलीबाट पक्राउ परेका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : 17:24









