१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

टीआरसी विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित

२४ साउन, काठमाडाैँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मत पारित पारित भएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेको हो ।

प्रतिनिधि सभाको आगामी बैठकमा उक्त प्रतिवेदन पेस गरिनेछ। सरकारले २०७९ फागुन २५ गते संसद सचिवालयमा दर्ता गराएको विधेयक त्यही वर्षको चैत ५ गते प्रतिनिधि सभामा प्रस्तुत भएको थियो। प्रतिनिधि सभाले २०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाएको थियो।

समितिमा धेरै चरणमा छलफल भए पनि चारवटा मुख्य बुँदामा विवाद रहँदै आएको थियो। शीर्ष राजनीतिक तहमा छलफलपछि विवाद समाधान गरिएको थियो।

प्रकाशित मिति : August 8, 2024 at 2:30 pm