१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

टीआरसी विधेयकको प्रतिवेदन शीर्ष नेतालाई बुझाइयो

२३ साउन, काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउन गठित सहजीकरण संयन्त्रले सहमति जुटाएर तयार पारेको प्रतिवेदन बुधबार शीर्ष नेतालाई बुझाएको छ ।

कार्यदल सदस्यहरूले सहमतिको लिखित प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई बुझाएको हो । उक्त प्रतिवेदन शीर्ष नेताले अध्ययन गरेर आवश्यक सुझाव दिएपछि समितिमार्फत अघि बढाएर जारी संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी रहेको कार्यदलका सदस्य बर्तौलाले जानकारी दिनुभयो ।

गत बिहीबार तीन दलका नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो ।

विधेयकमा सहमति जुटाउन एमालेबाट महेश बर्तौला, कांग्रेसबाट गृहमन्त्री रमेश लेखक र माओवादी केन्द्रका नेता जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार १२:४२