वकिलले आफ्नै नाकमा गोली ठोके, अवस्था गम्भीर
९ माघ, काठमाडौँ । कञ्चनपुरमा प्रहरी जवान वकिल विष्टले आफ्नै नाकमा गोली ठोकेका छन । महेन्द्रनगरस्थित विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान विष्टले राति सवा ८ बजेतिर आफैमाथि गोली चलाएको प्रहरीले पुष्टि गरेको छ । नाकमा गोली लागेका विष्टको अवस्था गम्भीर रहेको छ ।
गोली लागेका विष्टलाई महाकाली अस्पतालमा लगिएको तर अस्पतालले रिफरको तयारी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले जानकारी दिनुभयो । उहाँले घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको बताउनुभयो ।
प्रकाशित मिति : ९ माघ २०८१, बुधबार २२:०४