३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

नेप्सेमा ३३ लाख ३२ हजार कित्ता बोनस सेयर सूचीकृत

९ माघ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। बुधबार नेप्सेमा साहस उर्जा र सगरमाथा जलविद्युत कम्पनीको ३३ लाख ३२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हाे।

नेप्सेमा साहस उर्जाको ८ प्रतिशत बापतको २८ लाख कित्ता र सगरमाथा जलविद्युतले ४.७५ प्रतिशत बापतको ५ लाख ३२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार १६:३०