३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

एमाले केन्द्रीय सदस्य महर भन्छनः मविरूद्ध पक्राउ पुर्जी जारी भएको छैन

९ माघ, काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरले आफ्नाविरूद्ध पक्राउ पुर्जी जारी भएको भन्ने समाचारको खण्डन गर्नुभएको छ । भर्खरै सामाजिक सञ्जाल मार्फत महरले आफ्नाविरूद्धका तीन रिट मध्ये दुई खारेज भएको र एउटामा पक्रिया मिलाएर निर्णय गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालया काठमाडौँलाई आदेश दिएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘केहि अनलाईन मेडियामा मेरा बिरुद्ध उच्च अदालत पाटनद्धारा पक्राउ पुर्जि जारी भनेर भ्रामक समाचार सम्प्रेषण भएका रहेछन ! पहिलो कुरा कानुन बमोजिम पक्राउ पुर्जि जारी गर्ने उच्च अदालतको अधिकारक्षेत्र भित्र पर्दैन र कहिल्यै पनि उच्च अदालतले पक्राउ पुर्जि जारी गर्दैन त्यो अधिकार जिल्ला अदालतको हो । दोस्रो कुरा आज उच्च अदालत पाटनमा जिल्ला सरकारि वकिलको कार्यालय काठमाडौं , जिल्ला प्रहरि परिसर काठमाडौं र मलाई समेत बिपक्षि बनाएर दर्ता गरिएका तिन ओटा रिट मध्ये दुई ओटा खारेज भएका छन भने एउटाका सन्दर्भमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र जिल्ला प्रहरि परिसर काठमाडौं ले मेरा बिरुद्धको जाहेरि तामेलिमा राख्ने निर्णय प्रकृयागत त्रुटी देखिन आएकोले प्रकृया पुर्याएर निर्णय गर्नु भनेको छ । भएको यत्ति हो । यसलाई बङ्ग्याएर आफु अनुकुलको समाचार सम्प्रेषण गरेकोमा घोर आपत्ति प्रकट गर्दछु र कोहि पनि भ्रममा नपर्न सम्पुर्ण शुभचिन्तक आफन्त र सहयोगि साथिभाई हरुलाई हार्दिक अपिल गर्दछु । यस बिचमा मलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्दछु ।’

महरबाट पीडित भनिनुभएको महिला रश्मिलाकुमारी धामीले हालेको मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले तीन मध्ये दुई रिट खारेज गरी एकमा पक्रिया पुर्याएर जाहेरी लिन परमादेश दिएको धामी पक्षको दाबी छ । यद्यपी अदालतको अनलाइन सूचना प्रणालीमा भने रिट जारी भनेर उल्लेख गरिएको छ।

प्रहरीले जाहेरी नै लिन नमानेपछि धामी उच्च अदालत पाटन पुग्नुभएको थियो । धामीको पक्षमा बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, इन्द्र अर्याल र अञ्जना अर्यालले बहस गर्नुभएको थियो । धामी माथि महरका नजिककाहरूले कुटपिट र धरपकड गरेको भिडियो समेत इजलाशमा देखाइएको धामी पक्षको दाबी छ ।

केपी ओलीको सेल्फीमा ऐन महर, ढोका खुलेकै हो ?

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार २१:३३