माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्दै ओम मेगाश्री फर्मास्युटिकल्स
१० माघ, काठमाडाैँ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि आईपीओ जारी गर्ने भएकाे हाे ।
कम्पनीले ३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेकाे १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।
कम्पनीकाे आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा फागुन ५ गतेसम्म आवेदन दिनु पर्नेछ । न्यूनतम कित्ता १० र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : १० माघ २०८१, बिहीबार ०९:०४