९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

थप घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

२३ साउन, काठमाडौँ । साताको चौथौ कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार सोमबारदेखि बुधबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा १ हजार ७१० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार ११:१६