१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

अधिकांश समय घाम तापेर बिताउने संसद्का कर्मचारी ८० प्रतिशत भत्ता माग्दै अान्दोलित

२८ मंसिर, काठमाडाैँ ।  संघीय संसद्का कर्मचारीको अान्दोलनका कारण १२ औँ संसद् दिवसको कार्यक्रम स्थगित भएको छ । कर्मचारीको अान्दोलनकै कारण  शुक्रबारका लागि तय भएको १२ औँ संसद् दिवसको कार्यक्रम स्थगित भएको हो । तलबबाहेकको ८० प्रतिशत भत्ता र दैनिक खाजा खाना खर्च कटौती गरिएको भन्दै संघीय संसद्का कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

संसद्का कर्मचारीले गत साउनसम्म तलबबाहेक ८० प्रतिशत भत्ता र खाजा खाना खर्च बुझ्दै आएका थिए । दोस्रो संविधानसभाका वेला कामको चाप भएको भन्दै उनीहरुलाई भत्ता र खाना खर्चको व्यवस्था गरिएको थियो । तर, अहिले अधिकांश समय घाम तापेर बिताउने कर्मचारीहरू पनि भत्ता चाहियो भन्दै अान्दोलित भएका छन । कामको चाप सामान्य भएको भन्दै सरकारले गत साउनदेखि भत्ता कटौती गरेको थियो । त्यसबाट असन्तुष्ट कर्माचारी आन्दोलमा उत्रिएका हुन् ।

प्रकाशित मिति : 08:46