१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

ऐन महर फेरि कारबाहीमा ! कार्यविभाजनको सूचीबाट नाम गायब

१७ साउन, काठमाडाैँ । नेकपा एमालेले केन्द्रीय सदस्य ऐन महर माथि फेरि कारबाही गरेको छ । निर्णयमा उल्लेख नै नगरी ऐन महरको नाम नै गायब बनाइएको छ । एमालेको केन्द्रीय सचिवालय बैठकपछि पार्टीका तर्फबाट जारी गरिएको कार्यविभाजनको सूचीमा केन्द्रीय सदस्य ऐन महरको नाम नै गायब पारिएको छ । यसबारेमा बुझ्न खोज्दा महरको मोबाइल अफ भएकाले उहाँको प्रतिक्रिया लिन सकिएन ।

नेकपा (एमाले)का नेताहरूको नयाँ कार्यविभाजन (सूचीसहित)

यसअघि पनि एमालेको सचिवालय बैठकले महरले दिँदै नदिएको राजीनामा स्वीकृत भएको भनेर सञ्चारमाध्यममा प्रचार गराइएको थियो । एमालेको सचिवालयको २७औं बैठकले कान्छो केन्द्रीय सदस्यका रूपमा समेत परिचित भएका महरको राजीनामा स्वकृत गरेको विज्ञप्ति पार्टीले जारी गरेको थियो ।

चैत्र ११ मा बसको सचिवालयको ३०औं बैठकले महरले कामा लाग्ने प्रतिवद्धता जनाएकाले पुनः केन्द्रीय सदस्यमा मनोनित गरिएको जानकारी एमालेले विज्ञप्ति मार्फत नै जनाएको थियो । साउन १७ को सचिवालयको  ३४औं बैठकपछिको कार्यविभाजनको सूचीमा महरको नाम गायब बनाइएको छ । यसअघि एमालेले विज्ञप्ति मार्फत नै नाम रहेको र नरहेको जानकारी दिएको भए पनि यो पटक उल्लेख नहुँदा सूचीमा नाब छुटेको पनि हुन सक्छ ।

यो पनि पढ्नुहोस्

एमालेका सबैभन्दा कान्छो केन्द्रीय सदस्यको राजिनामा, रहर कि बाध्यता ?

कसरी स्वीकृत भयो केन्द्रीय सदस्य ऐन महरले दिँदै नदिएको राजीनामा ?

ऐन महरको कीर्ते राजीनामा खारेज, पुनः एमाले केन्द्रीय सदस्यमा मनोनित

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार २३:०१