३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

एमालेका सबैभन्दा कान्छो केन्द्रीय सदस्यको राजिनामा, रहर कि बाध्यता ?


४ फागुन, काठमाडौँ । नेकपा (एमाले)का कान्छो केन्द्रीय सदस्यले राजिनामा दिएका छन । एमालेको सचिवालयको २७औं बैठकले कान्छो केन्द्रीय सदस्य ऐन महरको राजीनामा स्वीकृत गरेको हो । सचिवालय बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको नाममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बैठकले दुईजना केन्द्रीय कमिटीका सदस्यहरू सिराज अहमद फारुकी र ऐन महरको राजीनामा स्वीकृत गरेको छ।’

कान्छो केन्द्रीय सदस्य महर दशौँ महाधिवेशनमा चुनाव लडेरै नेतृत्वमा जान चाहन्थे तर त्यो अवसर पाएनन् । यद्यपी महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठकबाट महर लगायतलाई केन्द्रीय सदस्य मनोनित गरिएको थियो । २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा महर बझाङबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए ।

एमालेको मध्यपहाडी लोकमार्गको यात्रा चलिरहेको समयमा महरको एक युवातीको बीचको संवाद भन्दै एउटा अडियो सार्वजनिक भएको थियो । जसमा एक महिलासँग यौन सम्बन्धको विषयमा विवाद भएको पाइन्छ । त्यसपछि नै महरमाथि पार्टीबाट राजिनामा दिन दबाब परेको कुरा सार्वजनिक भएको थियो ।

यद्यपी जसले अडियो सार्वजनिक गरेर महरका विरूद्धमा टिप्णी गरेकी थिइन उनै महिलाले उक्त अडियो आफूहरूको नभएको दाबी गरेकी थिइन । महरले पनि उक्त अडियोका बारेमा आफूले सामाजिक सञ्जालबाट नै थाहा पाएको बताएका थिए । महरको राजिनामा रहर हो कि बाध्यता भनेर धेरैले चासो व्यक्ति गरिरहेका छन । महर केहीदिनदेखि गृह जिल्ला बझाङमा पार्टीकै गतिबिधिमा सक्रिय भएर काम गरिरहेका छन । उनको मोबाइल अफ भएका कारण यसबारेमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार ०७:०२

https://srdb.com.np/