१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

२७ मंसिर, काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको छ । परिषदको बिहीबार विहान बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर, यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएको कैफियत उल्लेख थियो ।

प्रकाशित मिति : December 13, 2018 at 11:06 am