९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

एकैदिन तोलामा १८ सय रूपैयाँ बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

१६ साउन, काठमाडौँ । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि ४० रूपैयाँले बढेर प्रतितोला १७ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : July 31, 2024 at 11:45 am