१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

इटहरीको डोरम्याट उद्योगकाे मुख्य गोदाममा आगलागी

२५ मंसिर, इटहरी । इटहरीको खनारस्थित लक्ष्मी फम एण्ड लुपम्याट इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ ।  डोरम्याट लगायतका सामग्री उत्पादन गर्ने याे उद्योगमा  अाज बिहान अागाे लागेकाे हाे । भानु अग्रवालको उद्योगको मुख्य गोदाममा आगो लागेको हो  ।

आगलागीबाट २ सय रोल म्याट, कच्चा पदार्थलगायतका सामग्री जलेर नष्ट भएका छन् । तर क्षतिको सम्पूर्ण विवरण आइनसकेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले जानकारी दिए ।

इनरुवा, धरान, इटहरी, दुहबी, मोरङको सुन्दरहरैचा र बिराटनगर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासी खटिएका थिए । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : 11:40