२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

१९ यात्रु बोकेको सौर्य एयरलाइन्सको विमान दुर्घटना, आगो नियन्त्रणको प्रयास हुँदै

९ साउन, काठमाडाैँ । १९ यात्रु बोकेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । त्रिभुवन विमानस्थलनजिकै विमान खसेको छ । त्रिभुवन विमानस्थल कार्यालयले बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा खसेको जनाएको छ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले काठमाडाैँबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज खसेको बताएका छन । ९ एनए एमई कलसाइनको साैर्यको विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए । विमानमा आगलागी भएर धुवाँको मुस्लो छुटेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउने प्रयास गरिरहेका छन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ११:४०