१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

एकैदिन तोलामा ११ सय रूपैयाँ बढ्यो सुनको भाउ

९ साउन, काठमाडौँ । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ४७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार सात रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेर प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : July 24, 2024 at 11:14 am