२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मंगलबार सुन-चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

८ साउन, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार  नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलवार ११:२४