१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

सेयर बेच्ने भनेर वेलायती नागरिकबाट ३२ करोड ठगी गर्ने वेभ सर्फरका सुरेन्द्र क्षेत्री पक्राउ

२४ मंसिर, काठमाडाैँ । सेयर बेच्ने भनेर वेलायती नागरिकबाट ३२ करोड ठगी गर्ने वेभ सर्फरका सुरेन्द्र क्षेत्री पक्राउ परेका छन । क्षेत्री इन्टरनेट सेवा प्रदायक कम्पनी वेभ सर्फरका सञ्चालक मध्येका एक हुन । ‘वेभ सर्भर कम्युनिकेशन प्रा.लि. नेपाल’का सञ्चालक क्षत्रीसहितका उनका तीन दाजुभाई मिलेर बेलायती नागरिक दिनेश भन्ने केपी भिमल नाथनबाट ३२ करोड ठगी गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले क्षत्रीलाई तिनकुनेबाट क्षेत्रीलार्इ पक्राउ गरेको परिसरका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए । बेलायती नागरीकलाई शेयर सदस्य दर्ता, कहिले शेयर छुट्याएको नाममा त कहिले विदेशी लगानी भित्र्याउन नेपाल सरकारबाट अनुमति लिनका लागि लाग्ने खर्चका नाममा क्षत्री दाजुभाईले ठगी गरेका थिए ।

तीन महिनाअघि काठमाडौं प्रहरीले बोलाएपछि बेलायती नाथनलाई पैसा फिर्ता गर्ने सहमति गरेपछि त्यतिबेला प्रहरीले क्षत्री दाजुभाईलाई छाडेको थियो ।

प्रकाशित मिति : 23:16