१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

लुम्बिनीका मुख्यमन्त्री महराद्धारा राजीनामा, एमालेका लिला गिरी मुख्यमन्त्री बन्दै

६ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिनुभएकाे छ । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत नपुग्ने निश्चित भएपछि उहाँले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिनुभएकाे हाे ।

महराको राजीनामा पछि कांग्रेस–एमालेले नयाँ सरकार गठनको तयारी गरेका छन् । दुई दलबीच एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिनुभयाे।  ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद भएकाले दुई दल मिल्दा स्पष्ट बहुमत पुग्छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आईतवार १५:५०