१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

भ्रष्टाचार गर्दैनौँ, सहन्नौँ र गर्न दिँदैनौँ : प्रधानमन्त्री ओली

६ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र नसहने प्रतिबद्धता जनाउनु भएकाे छ । आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्नक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएका छानबिन गर्ने बताउनु भएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘एउटा कुरा खुलस्त भन्न चाहन्छु, दुनियाँले सुन्नेगरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौँ। भ्रष्टाचार सहन्नौँ। कसैलाई भ्रष्टाचार गर्न दिन्नौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएका छानबिन गर्छौँ। जो कोही भ्रष्टाचारी उपर कानुनी कारबाही अघि बढाउँछौँ।’

उहाँले भ्रष्टाचारी एक दिन कानुनी कठघरामा पुग्छ भन्ने विश्वास दिलाउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयाे । ‘भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनेछौँ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो।

प्रकाशित मिति : ६ श्रावण २०८१, आईतवार १४:२२