कांग्रेसद्धारा उपसभामुखको राजीनामा माग
६ साउन, काठमाडौँ । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रामहरि खतिवडाले राजीनामा मागेका हुन् । उनले उपसभामुखले ५ जनालाई अमेरिकाको भिसा दिनको लागि सिफारिस गर्न पत्र लेखेपछि राजीनामा दिनुपर्ने बताए ।
उनले उपसभामुखलाई प्रतिरक्षाको तुरुप देखाएर जग नहसाइ संसद् बाहिर बस्न आग्रह गरे। ‘प्रतिरक्षाको तुरुप देखाएर जग हसाउनु भन्दा संसद्भन्दा बाहिर बसेर छानबिनका लागि सहयोग गर्नुपर्छ,’ खतिवडाले भने। साथै, उनले उपसभामुखले संसद्को कमाण्ड सुहाउँछ कि सुहाउँदैनरु भन्दै प्रश्न गरे।
उनले भने, ‘उपसभामुखले अब संसद्को कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैनरु संसद्मा कुनै पनि पत्र प्राप्त भयो भने, सभामुख महोदयले तोक लगाएर महासचिवकोमा जाने। महासचिवले अन्तर्राष्ट्रिय महाशाखामा पठाउने, त्यहाँको उपसचिवले टिप्पणी उठाउने, सहसचिवले सदर गर्ने त्यो भन्दा माथि महासचिवले सदर गरेर परराष्ट्र मन्त्रालयलाई पठाउने थाहा पाएका छौँ, तर, यहाँ कसैलाई पनि थाहा नदिइ, चिन्दै नचिनेका, संसद्सँग साइनो नभएका, उपसभामुखसँग पनि एक जनाको मात्रै चिनजान भएको मान्छेको सिफारिस भएको छ। यो कसले के प्रयोजनका लागि भएको हो ?’
प्रकाशित मिति : July 21, 2024 at 1:42 pm









