४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

बाँकेमा एकवर्षमा ६३ सर्पको उद्धार

५ साउन, काठमाडौँ । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८० र८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ । एक वर्षको अवधिमा सबैभन्दा धेरै ६३ सर्पको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक वर्षको अवधिमा गोहोरो पाँच, अजिङ्गर १३, बाँदर तीन, मगर गोही एक, जरायो एक, चित्तल आठ, निर बिरालो तीन, डगर गिद्ध एक र निलगाई एक उद्धार गरिएको छ । डिभिजन वन कार्यालयले अघिल्लो आव वर्ष २०७९र८० भन्दा आव २०८०र ८१मा ५७ बढी वन्यजन्तुको उद्धार गरेको छ । आव २०७९र८० मा ४२ वन्यजन्तुको उद्धार भएको थियो । यसैगरी आव २०७८र७९ मा ३१, आव २०७७र७८ मा ३४ र आव २०७६र७७ मा १७ वन्यजन्तुको उद्धार भएको सूचना अधिकारी रोकाले जानकारी दिनुभयो ।

गत आवमा वन्यजन्तुबाट भेडाबाख्रा ६९, गाईगोरुरभैँसी नौ, बङ्गुर सात, माछा दुई हजार, हाँस १२ र कुखुरा १० क्षति पुगेको छ । बाँके राष्ट्रिय निकुञ्ज तथा सो को मध्यवर्ती क्षेत्र बाहेक जिल्लाका सम्पुर्ण भू–भाग डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्दछ । उक्त क्षेत्रभित्र रहेका राष्ट्रिय वन, सामुदायिक वनको संरक्षण, व्यवस्थापन, सदुपयोग तथा वन्यजन्तुको संरक्षण लगायत स्थानीय जनतालाई निजी वन स्थापना र विकास गर्न सहयोग पुग्ने कार्य गर्दै आएको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत अजितकुमार कर्णले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार १५:१५