आज यी स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
५ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनीको प्रभाव न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ भने अहिले बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
शनिबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने र बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
राति भने बागमती, गण्डकी, कोशी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
वर्षाको सम्भावना रहेको क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिमबाट बच्न तथा त्यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेका कारण आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार ११:१८