२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

मुक्तिनाथ विकास बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरू

४ साउन, काठमाडौँ । डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकले अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुरू गरेको छ।

बैंकले फोन–पेसँगको सहकार्यमा यो सेवा सुरू गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटिएमले रकम झिक्न मिल्ने विशेष छुटको व्यवस्था गरिएको छ । उक्त सेवा सुरू भएपछि भारतीय ग्राहकहरूले भिम र फोन–पे लगायतका भारतीय भुक्तानी सेवा प्रदायकको माध्यमबाट यस बैंक अन्तर्गतका मर्चेन्टहरूमा राखिएको क्युआर कोड स्क्यान गरी डिजिटल रूपमा भुक्तानी गर्न सक्ने भएका छन्।

यो सेवाले नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बैंकले जनाएको छ।

प्रकाशित मिति : July 19, 2024 at 5:07 pm