१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

महालक्ष्मी विकास बैंकमा क्युआर कोडबाटै कर्जा आवेदन दिन सकिने

४ साउन, काठमाडौँ । डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्देश्य अनुरुप महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरूलाई क्युआर कोड मार्फत कर्जा आवेदन दिन सकिने सुरूवात गरेको छ।

यस प्रकारको सेवा प्रदान गर्नेमा विकास बैंकहरूमा महालक्ष्मी विकास बैंक र अग्रणी बैंक बनेको बताइएको छ।

त्यस्तै, कर्जा लिने ग्राहकहरूले बैंकको आधिकारीक वेबसाइट, सामाजिक सञ्जाल, सम्पूर्ण शाखा कार्यालय र पत्रपत्रिकामा रहेको क्युआरमा स्क्यान गरी आवेदन दिन सक्नेछन्।

ग्राहकले आवदेन गरेपछि रोजेको शाखा कार्यालयबाट कर्जाको सम्पूर्ण प्रक्रिया सम्बन्धमा सहजीकरण गर्न सोही शाखा कार्यालयका कर्मचारीले सम्पर्क गर्नेछन् ।

प्रकाशित मिति : July 19, 2024 at 2:41 pm