४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

त्रिशूलीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई भरतपुर महानगरले किरिया खर्च दिने

४ साउन, काठमाडौँ । भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार विकका परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

पहिरोले बगाएका दुई बसमा ६२ जनाभन्दा बढी यात्री रहेका बताइको छ । बसमा यात्रा गरिरहेकामध्ये २० जनाको शव भेटिएका सुरक्षाकर्मीले बताएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार १२:३०