अाइजीपी सर्वेन्द्रलार्इ सत्तारूढकी सांसद प्रमिलाको सुझावः तपार्इ राजिनामा दिनुस्
२४ मंसिर, काठमाडाैँ । नेपाल प्रहरीका महानिरीक्षक (अाइजीपी) सर्वेन्द्र खनाललार्इ सत्तारुढ दलकै एक सांसदले राजिनामा दिन सुझाव दिएकी छिन । सोमबार राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा अाफ्नो धारणमा राख्दै संघीय समाजवादी फोरमकी सांसद प्रमिला कुमारीले प्रहरी महानिरीक्षक खनालले राजिनमा दिनुपर्ने बताइन ।
उनले कञ्चनपुरी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई लामो समयसम्म पनि पक्राउ गर्न नसकेको भन्दै खनालको राजीनामा मागेकी हुन्। उनले प्रहरीमा अरू योग्य अधिकृतहरू पनि रहेको भन्दै राजिनामा दिए नयाँले काम गर्ने बताइन ।

सांसद कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्ने आँट गर्न नसक्ने प्रहरी महानिरीक्षक खनाल पदमा रहिरहन नमिल्ने बताइन ।हत्याकाण्डको अनुसन्धानका नाममा निर्दोषलाई पक्राउ गरी यातना दिने काम अविलम्ब बन्द गर्न अाग्रह गरिन ।
प्रकाशित मिति : December 10, 2018 at 7:49 pm









