११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

५० लाख पुगे ग्लोबल आइएमई बैंकका ग्राहक

३ असार, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ।

वि.सं. २०६३ सालमा स्थापना भएको ग्लोबल बैंकले स्थापनाको १७ वर्षमै २१ वटा बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर भइ एक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरूमा मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको र हालैमात्र बैंकको निक्षेप पाँच खर्ब रूपैयाँभन्दा बढी पुगेको छ।

पुँजी, शाखा सञ्जालका साथै कुल निक्षेप र ग्राहक संख्यामा पनि यो बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरूमध्ये पहिलो नम्बरमा रहेको छ।

बैंकका एक हजार एक सयभन्दा बढी सेवा केन्द्रहरू छन्। जसमध्ये ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन्।

प्रकाशित मिति : July 18, 2024 at 5:12 pm