१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

रसुवा भन्सारका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध ७५ करोडको भ्रष्टाचार मुद्दा

२४ मंसिर, काठमाडाैँ ।  रसुवा भन्सारका तत्कालीन अधिकृतसहित ६ जनाविरुद्ध ७५ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभाग पुल्चोकले रसुवा भन्सारका तत्कालीन भन्सार अधिकृतसहित ६ जनाविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभागले ७५ करोड रुपैयाँ मागदाबी गरेको छ ।

रसुवा भन्सारका तत्कालीन भन्सार प्रमुख पवित्रकुमार खड्का र नायव सुब्बा धिरजकुमार थापा, मितेरी इन्टरनेसनलका प्रोपाइटर सुमन श्रेष्ठ र सामानधनी रञ्जन त्रिपाठी विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको विभागले जनाएको छ । उनीहरूले घोषणा नगरी सामान पास गरेको पाइएको थियो । उनीहरुविरुद्ध जनही १५ करोड रुपैयाँको बिगो र ३ वर्ष कैद मागदाबी गरिएको छ ।

प्रकाशित मिति : 18:02